फ्राइडे रिलिजमा ‘छायाँ’, ‘द फेमस’ र ‘पुरानो पुस्ता’को लडाई



रंग खबर, काठमाडौँ | यो साता फ्राइडे रिलिज अन्तर्गत तिन फिल्म प्रदर्शनमा आएका छन् । मनोज पण्डित निर्देशित ‘छायाँ’, समिर बलामी निर्देशित ‘द फेमस’ र दीपसागर निर्देशित ‘पुरानो पुस्ता’ यो साताका फ्रेस प्रस्तिस्पर्धि हुन् ।

friday release

छायाँ: बालयौन दुराचारको बिषयबस्तुमा बनेको फिल्ममा अनुप बराल, साइब्रत आचार्य अरुणा कार्कीको मुख्य भूमिका रहेको छ । फिल्मलाई कृष्ण थापाले निर्माण गरेका हुन् ।

द फेमस: प्रमोद खड्का, सुमन थापा, सबिना कार्की, सुरभी जैन बिष्ट, सोनिया जीआर अभिनित फिल्मलाई अनिल महर्जनले निर्माण गरेका हुन् । फिल्मलाई पारिवारिक प्रेमकथा भनिएको छ ।

पुरानो पुस्ता: सावित्रा ओलीको निर्माण रहेको फिल्ममा शेरबहादुर गुरुङ, बिराज बिष्ट, मेनुका श्रेष्ठ र बबिता बुढाको अभिनय रहेको छ । निर्माण युनिटले फिल्मको कथालाई सय बर्ष पुरानो भनेको छ ।

यी संगै यो साता बलिउडको जोन अब्राहम र सोनाक्षि सिन्हा स्टारर ‘फोर्स २’ र ‘तुम बिन २’ प्रदर्शनमा आएका छन् । साथै यो हप्ता हलिउडको ‘फ्यान्टास्टिक बिट्स’ पनि प्रदर्शनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्