कक्टेल पार्टी होइन, दुखि-गरिबलाई सहयोग गरेर खुसियाली मनाउछौ: दिपा-दिपक



रंग खबर, काठमाडौँ | दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा’ले प्रदर्शनको गौरबमय ७५ दिन पुरा गरेको छ । फिल्म अहिले पनि नेपालका आधा दर्जन बढी हलमा प्रदर्शनरत छ ।

10464358_724961144235018_1291032761571497804_n

‘छक्का पन्जा’ टिमले फिल्मले ५१ दिन पुरा गर्दा नगर परिक्रमा गरेर खुसियाली मनाएको थियो । तर अब फिल्मको ७५औ दिनको खुसियाली असहायहरुलाई सहयोग गरेर मनाउने भएको छ ।

अरु फिल्म मेकरले जस्तो कक्टेल पार्टी दिएर भन्दा पनि अलि फरक ढंगले असहायहरुलाई सहयोग गरेर खुसियाली मनाउने सोचेका छौ । दिपक-दिपाले रंगखबरसंग भने रक्सिमा पैसा फाल्नु भन्दा दुखि-गरिबलाई सहयोग गर्दा राम्रो हुने भएकोले यस्तो निर्णय गरेका हौ ।

कमेडी कलाकार  अभिनित फिल्मले बक्सअफिसमा तहल्का मच्चाएको थियो । नेपाली फिल्म उद्योगकै सर्वाधिक कलेक्सनको रेकर्ड राख्न सफल फिल्मले नेपालमा मात्र १६ करोड माथिको ग्रस कमाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्