रिलिज डेट सार्वजनिक गर्दै आयो कर्माको ‘भ्रम’ ट्रेलर (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | कर्मा शाक्यको मुख्य भूमिका रहेको फिल्म ‘भ्रम’को ट्रेलर संगै रिलिज डेट पनि सार्वजनिक भएको छ । अब फिल्म पौष २२ मा रिलिज हुनेछ ।

karma

ट्रेलर हेर्दा हरर फिल्मको झल्को दिने ‘भ्रम’मा कर्मा संगै भिन्तुना जोशीको मुख्य भूमिका रहेको छ । फिल्ममा कथा निर्देशन रविन्द्र शाहीको रहेको छ, भने फिल्मलाई श्याम ल्वागुना र सुरेश गमालले निर्माण गरेका हुन् ।

पटकथा तथा संवाद राधा श्रेष्ठ र श्याम श्रेष्ठको रहेको फिल्ममा कोरियोग्राफी गोविन्द प्रभातको छ । कृष्ण श्रेष्ठले खिचेको फिल्ममा कुमार महर्जनको द्वन्द्व छ भने संगीत रक्की धसुको छ ।

यो फिल्मको एक साता पछाडी कर्मा अभिनित ‘लभसासा’ पनि रिलिज हुदैछ ।

हेर्नुस ट्रेलर:-

प्रतिक्रिया दिनुहोस्