ऋचा र अर्पणलाई लिएर पुस्कर लामाले सुरु गरे ‘चक्कर’



रंग खबर, काठमाडौँ | ऋचा शर्मा, अर्पण थापा, सिर्जना सुब्बा, स्मृति पोखरेल, भोलाराज सापकोटा र एवानराज उप्रेतीलाई मुख्य भूमिकामा लिएर नेफ्टा अध्यक्ष पुस्कर लामा कार्यकारी निर्माता रहेर फिल्मको छायांकन सुरु गरेका छन् ।

chakkar   4

आज फिल्मको सुभ मुहुर्त गर्दै छायांकन पनि सुरु गरियो । फिल्मलाई अनुष्क रौनियारले निर्देशन गर्नेछन । दावा लामा र किशोर थापा मगरले निर्माण गर्ने फिल्मलाई रबिन आचार्यले खिच्नेछन् ।

chakkar  3

मुलधार र फेस्टिभल लक्षित फिल्म बनाउने निर्देशक अनुष्क रौनियारले बताए । फिल्ममा स्मृति पोखरेल र सिर्जना सुब्बा लेस्बियनको भूमिकामा देखिदै छन् ।

chakkar 2

आफु भन्दा फरक देखिने भूमिका गर्न मन लाग्ने बताउने स्मृतिले फिल्ममा लेस्बियनको भूमिका गर्न पाउदा खुसि ब्यक्त गरिन । अस्ट्रेलियामा आफ्ना प्राय साथी लेस्बियन रहेको र उनीहरुसंगको संगतले धेरै कुरा जान्न पाएकोले फिल्ममा काम गर्न सजिलो हुने बताइन ।

chakkar

 

प्रतिक्रिया दिनुहोस्