फ्राइडे रिलिजमा प्रतिक्षित ‘पुरानो डुङ्गा’संगै ‘मेन्टल’



रंग खबर, काठमाडौँ | यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । रामबाबु गुरुङ निर्देशित ‘पुरानो डुंगा’ र सरोज पौडेल निर्देशित ‘मेन्टल’ यो साताका प्रतिस्पर्धी हुन् । यी संगै बलिउड फिल्म ‘डियर जिन्दगि’ पनि प्रदर्शनमा आएको छ ।

friday release

पुरानो डुङ्गा: चर्चित गीत ‘निरा’ले हाइप पाएको फिल्म दर्शक माझ प्रतिक्षित छ । प्रदर्शन अघि गरिएको प्रिमिएरमा मिश्रीत प्रतिक्रिया पाए पनि फिल्मले इनिसियल ब्यापार राम्रो गर्ने फिल्मी पण्डितहरुको आकलन रहेको छ । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, माओत्से गुरुङ लागएतका कलाकारको मुख्य भूमिका रहेको छ ।

मेन्टल: शिक्षित युवा बेरोजगार भै कसरि मेन्टल समस्याको सिकार पर्छन भन्ने कुरा उठान गरेको फिल्म प्रचार-प्रसार बिनानै प्रदर्शनमा आएको हो । फिल्ममा प्रथम खड्का, पुजा भट्ट, सुरवीर पण्डित लगाएतको मुख्य भूमिका रहेको छ ।

डियर जिन्दगि: फिल्ममा आलिया भट्ट र शाहरुख खानको अभिनय रहेको छ । गौरी सिंदे निर्देशित फिल्म प्रतिक्षित फिल्म हो । फिल्मलाई क्रिटिक्सले मिश्रीत प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्