टिजरमा यस्तो छ रेखा र छुल्ठिम स्टारर ‘डायरी’ (हेर्नुस टिजर)



रंग खबर, काठमाडौँ | ‘नोभेम्बर रेन’ डेब्यु अभिनेत्री छुल्ठिम गुरुङ निर्मित ‘डायरी’को टिजर रिलिज गरिएको छ । अफिसियल रिलिज मिति नतोकिए पनि फिल्म चैतमा प्रदर्शन हुने टिजरमा जनाइएको छ ।

diarry

फिल्ममा छुल्ठिम गुरुङसंगै रेखा थापा, सन्नी सिंह, रुपा राणा , बिनोद पौडेल , दिनेश डिसी लगायतको पनि अभिनय रहेको छ। फिल्मलाई अनिल योन्जनले निर्देशन गरेका छन् ।

dairry 3

प्रेमकथामा आधारित फिल्ममा रेखा थापालाई नकारात्मक भूमिकामा देखाइएको फिल्म युनिटले बताएको छ । फिल्ममा कथा छेतेन गुरुङको रहेको छ । फिल्मलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।

Watch Here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्