लुम्बिनीको मनोरम दृश्य कैद भएको ‘किङ’को गित रिलिज (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | निखिल उप्रेती स्टारर फिल्म ‘किङ’को पहिलो गित रिलिज भएको छ । बेनिषा हमाल र निखिल उप्रेती फिचरिङ गीतलाई लुम्बिनीका रमणीय दृश्यमा खिचिएको छ ।

Capture

संजय लामाले छायांकन गरेको गीतमा लुम्बिनीलाई उत्कृष्ट ढंगबाट खिचिएको छ । साथै रामजी लामिछानेको कोरियोग्राफी पनि राम्रो देखिएको छ ।

fdkmddf

‘अधुरो थियो सपना’ बोलको गीतमा संगीत वसन्त सापकोटा, दिनेश सुनाम र सुजेन्द्र डि कार्की रहेको छ । स्वर प्रविशा अधिकारी र सन्नी सुनामको छ ।

king

लभस्टोरी एक्शन जनराको फिल्ममा एक्शन रोशन श्रेष्ठको छ । फिल्ममा निखिल र वेनिशासँगै अनुपबिक्रम शाही, रुपा राना, प्रज्जवसुजल गिरी, जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । पौष २९ मा प्रदर्शन हुने फिल्म प्रतिक्षित फिल्म हो । फिल्मका निर्माता जयन श्रेष्ठ हुन् ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्