रिलिज डेट सार्वजनिक गर्दै प्रचार-प्रसारमा उत्रियो ‘समर्पण’



रंग खबर, काठमाडौँ | बसन्त निरौला निर्देशित ‘समर्पण’को रिलिज डेट सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको फस्टलुक पोस्टरसंगै एउटा पार्टी गीत पनि सार्वजनिक गरियो । फिल्म अब आगामी पौष १५ रिलिज हुनेछ ।

Capture

प्राय नयाँ अनुहारले भरिपुर्ण फिल्मलाई यसअघि ‘विजयपथ’, ‘राजनीति’ र ‘आवेग’ निर्देशन गरिसकेका बसन्त निरौलाले निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशकले आफुलाई चलेका कलाकार मात्र लिएर फिल्म बनाउछ भन्ने आरोप लगाउनेहरुका लागि नयाँ कलाकार लिएर फिल्म बनाएर देखाएको बताए ।

फिल्ममा निर्माता रोजन खनाल, रन्जु शर्मा,रूवी शर्मा, प्रयास तामाङ, विश्वास तामाङ, अनु पराजुली लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मले समुहमा रहेका साथी साथी बीचको मित्रताको कथा बोलेको निर्माण टिमले बताएको छ ।

नेपाल र बंगलादेशमा खिचिएको भनिएको फिल्म अघिल्ला फिल्म भन्दा बढी महँगो रहेको बताउदै निर्देशक निरौलाले फिल्मलाई बंगलादेशी भाषामा रुपान्तरण गरेर बंगलादेशमा पनि प्रदर्शन गर्ने काम भैरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्