फ्राइडे रिलिजमा ‘बिजुली मेसिन’ र ‘त म र ऊ’



रंग खबर, काठमाडौँ |  यो साता नेपाली फिल्म हलमा दुई फिल्म प्रदर्शनमा आएका छन् । नविन अवाल निर्देशित ‘बिजुली मेसिन ‘ र लक्षु गौतम निर्देशित ‘त म र ऊ’ प्रतिस्पर्धामा उत्रिएका छन् ।

bijuli machine 2 copy

बिजुली मेसिन: बिज्ञान बिषय अध्यनरत छात्रहरुले आफ्नो सोचाईमा समाजले सजिलै विश्वाश गर्न नसक्ने आविस्कार, आवाजबाट बिजुली निकाल्ने प्रयत्न गर्दा आउने उचारचढाउलाई फिल्मले मुख्य बिषयबस्तु बनाएको छ ।  १ घण्टा ४५ लामो ‘बिजुली मेसिन’ले बिहिबारको प्रिमिएरमा राम्रै प्रतिक्रिया पाएको थियो । फिल्ममा अभिषेक सुवेदी, जीवन अधिकारी, बुद्दी तामाङ, अशेष लुइँटेल, जीवन भट्टराई, रेलिजा श्रेष्ठ, राजेश हमाल, लक्ष्मी भुसाल र कमलमणि नेपाल लगाएतको अभिनय रहेको छ ।

त म र ऊ: फिल्ममा निता ढुंगाना, आमेश भण्डारी र सुदेन प्रसाई अभिनित फिल्म प्रचार-प्रसार बिना प्रदर्शनमा आएको फिल्म हो । फ्रेन्डशिपको कथा भन्ने फिल्मलाई नवराज प्रसाईंले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्