कामना अवार्ड: ‘पशुपति प्रसाद’, ‘प्रेमगीत’ र ‘ड्रिम्स’लाई सर्वाधिक



रंग खबर, काठमाडौँ | राजधानीमा शनिबार सम्पन्न दोस्रो संस्करणको ‘लक्स कामना अवार्ड’मा ‘पशुपति प्रसाद’, ‘प्रेमगीत’ र ‘ड्रिम्स’ले समान ५-५ विधामा अवार्ड जितेका छन् ।

15311641_1341557295869227_989729588_o-1024x683

‘पशुपति प्रसाद’ले  उत्कृष्ट निर्देशक, फिल्म, खलपात्र, कथा र पटकथाको विधामा अवार्ड उचाल्दा फिल्म प्रेमगीतले उत्कृष्ट संगीत, शब्द सिर्जना, सह-अभिनेता, गायक र गायिकाको अवार्ड जित्न सफल भयो । दिपेन्द्र के खनालले ‘पशुपति प्रसाद’बाट कथा, निर्देशक र उत्कृष्ट निर्देशकको अवार्ड उचाले ।

त्यस्तै भुवन केसीले फिल्म ‘ड्रिम्स’बाट उत्कृष्ट नव-निर्देशकको अवार्ड हात पार्दा ‘ड्रिम्स’बाटै साम्राज्ञीराज्यलक्ष्मी शाहले नव-अभिनेत्रीको अवार्ड उचालिन । त्यस्तै ‘ड्रिम्स’बाटै सन्जय लामा र पुरुषोत्तम प्रधानले उत्कृष्ट छायाँकारको अवार्ड हात पारे भने  उत्कृष्ट व्याकग्राउण्ड स्कोर र श्रृङ्गारको अवार्ड पनि ‘ड्रिम्स’ले नै उचाल्यो ।

15311574_1341557735869183_273914876_o-1024x683

फिल्म ‘क्लासिक’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड नम्रता श्रेष्ठले हात पार्दा फिल्म ‘फन्को’बाट सौगात मल्लले अभिनेताको अवार्ड हात पारे । अभिनेत्री प्रियंका कार्कीले सह-अभिनेत्री र पपुलर च्वाइस अवार्ड हात परिन ।

अवार्डमा प्राविधिक प्रदिप उपाध्याय र निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफ टाईम अचिभ्मेन्ट अवार्ड दिइयो भने जुरी अवार्ड तर्फ ‘वडा नं ६’ बाट निर्देशक उज्ज्वल घिमिरे र फिल्म ‘कबड्डी कबड्डी’ बाट रामबाबु गुरुङलाई प्रदान गरियो ।क्रिटिक्स अवार्डतर्फ संगीत विधाबाट गायक राजेशपायल राइले, थिएटर विधाबाट सरिता गिरी र विधाबाट प्रशान्त ताम्राकारलाई प्रदान गरियो ।

लक्स कामना अवार्ड बिजेता सुची:-

उत्कृष्ट श्रृङ्गार : निमा लामा, ‘ड्रिम्स’
उत्कृष्ट साउण्ड डिजाइन : अनिश श्रेष्ठ, ‘क्लासिक’
उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज ‘ड्रिम्स’
उत्कृष्ट सिनेमाटोग्राफर : सन्जय लामा, पुरुषोत्तम प्रधान, ‘ड्रिम्स’
उत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल, ‘क्लासिक’
उत्कृष्ट द्वन्द्व : हिमाल केसी, भैरव
उत्कृष्ट व्याकग्राउण्ड स्कोर : शैलेश श्रेष्ठ, ‘ड्रिम्स’
उत्कृष्ट कथा : दिपेन्द्र के खनाल, ‘पशुपति प्रसाद’
उत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने, ‘पशुपति प्रसाद’
उत्कृष्ट संवाद : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, कबड्डी कबड्डी
उत्कृष्ट नव-अभिनेत्री : साम्राज्ञीराज्य लक्ष्मी शाह ‘ड्रिम्स’
उत्कृष्ट नव- अभिनेता  : पल शाह, ‘नाईं नभन्नू ल ४’
उत्कृष्ट पाश्र्व गायिका : अन्जु पन्त, प्रेम गीत’ ‘म त अलपत्र’
उत्कृष्ट पाश्र्य गायक : सुगम पोखरेल, ‘प्रेमगित’
उत्कृष्ट हाँस्य अभिनेता : विल्सन बिक्रम राई, ‘अधकट्टी’
उत्कृष्ट खलपात्र : विपिन कार्की, पशुपतिप्रसाद
उत्कृष्ट बाल कलाकार : कन्चन ठकुरी, ‘बागमती’
उत्कृष्ट नव-निर्देशक : भुवन केसि, ‘ड्रिम्स’
उत्कृष्ट शब्द : डा. कृष्णहरि बराल, ‘प्रेम गीत’
उत्कृष्ट संगीत : अर्जुन पोखरेल, ‘प्रेम गीत’
उत्कृष्ट सह अभिनेत्री : प्रियंका कार्की, ‘क्लासिक’
उत्कृष्ट सह अभिनेता : सरोज खनाल, ‘प्रेम गीत’
उत्कृष्ट अभिनेता : सौगात मल्ल, ‘फन्को’
उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ, क्लासिक
उत्कृष्ट निर्देशक : दिपेन्द्र के खनाल, ‘पशुपति प्रसाद’
उत्कृष्ट फिल्म  : ‘पशुपति प्रसाद’

प्रतिक्रिया दिनुहोस्