सिंगापुरमा नेपालको ‘ह्वाइट सन’लाई एसियाकै उत्कृष्ट घोषित



रंग खबर, काठमाडौँ | नेपाली फिल्म ‘ह्वाइट सन’ (सेतो सुर्य) २७औ सिंगापुर फिल्म फेस्टिभलमा एसियाको उत्कृष्ट फिल्म घोषित भएको छ । दिपक रौनियार निर्देशित फिल्मले उत्कृष्ट फिल्मको अवार्डसंगै ५५  हजार सिंगापुर डलर पनि हात पार्यो ।

white sun

मंसीर २४ मा सार्वजनिक प्रदर्शनमा आउँन लागेको ‘ह्वाइट सन’ मंसीर २३ गते किम्फ फिल्म फेस्टिभलमा प्रिमिएर हुदैछ । फिल्मको लागि सिंगापुर पुगेको दयाहाङ राई सहितको टोलि आइतबार नेपाल आइसकेको छ ।

फिल्मले तत्कालिन राजतन्त्र र मावोबादीकोबीचको संघर्षको कथा पेश गर्छ । फिल्ममा दयाहाङ राई, आशा एम.मगराती, रविन्द्र सिंह बानिया, सुमी मल्ल, अमृत परियार लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्