पहिलोपटक राजधानी बाहिर धरानमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुने



रंग खबर, काठमाडौँ | अखिल नेपाल चलचित्रकर्मी संघले धरानमा पहिलोपटक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल गर्ने भएको छ ।

festival

राजधानीमा पत्रकार सम्हेलन गर्दै संघले पौष २७ देखि माघ २ गतेसम्म चल्ने फेस्टिभलका बारेमा जानकारी दिएको हो । प्रायजसो फिल्म फेस्टिभल राजधानीमा मात्र भैरहेको अवस्थामा राजधानी बाहिरका बासिन्दालाई पनि राम्रा फिल्म हेर्ने अवसर मिलोस भनेर नै पहिलोपटक मोफसलमा फेस्टिभल गर्न थालेका हौँ, संयोजक केपी पाठकले भने ।

festival 2

संघले पहिलो संस्करण क्षेत्र नम्बर १ को धरानमा गरेर, ७ बर्षमा सात वटै प्रदेशमा फेस्टिभल गर्ने लक्ष्य रहेको बतायो । फेस्टिभलमा नेपाल, चिन, भारत, बंगलादेश, श्रीलंका, जापान, इरान, क्युवा, इजिप्ट, रुस, स्टोनिया, कजाकिस्तान, जर्मनी, मोन्टेनेग्रो र टर्की सहित १५ देशका ४६ फिल्म प्रदर्शन हुनेछन् ।

festival 3

फेस्टिभलमा फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री, डकुड्रामा र कार्टुन फिल्म प्रदर्शन गरिनेछ । नेपाल पानोरमाको उत्कृष्ट फिचर फिल्मलाई ५० हजार र ट्रफीसहितको ‘श्रीजँगा अवार्ड’, बेस्ट डकुमेन्ट्रीलाई ३० हजार र ट्रफीसहितको ‘रामप्रसाद राई अवार्ड’, बेस्ट सर्ट फिल्मलाई ३० हजार र ट्रफीसहितको ‘चतुरमान राजबंसी अवार्ड दिईने बताएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत बेस्ट फिल्मलाई १ हजार अमेरिकी डलर र ट्रफीसहितको ‘गौतमबुद्ध बेस्ट फिचर फिल्म अवार्ड’, बेस्ट डकुमेन्ट्रीलाई ५ सय अमेरिकी डलर र ट्रफीसहितको ‘माउन्ट एभरेस्ट बेस्ट डकुमेन्ट्री अवार्ड’, बेस्ट सर्ट फिल्मका लागि ३ सय अमिरेकी र ट्रफीसहितको ‘रारा बेस्ट सर्ट फिल्म अवार्ड’ प्रदान गरिने आयोजकले बताएको छ ।

फेस्टिभलमा नेपालबाट राजेश हमाल र निर्देशक लक्ष्मीनाथ शर्मा निर्णायक समितिमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्