नेफ्टा अवार्डको रिहर्सलमा मर्कियो राजेश हमालको कम्मर (हेर्नुस भिडियो)



रंग खबर , काठमाडौँ | नेपाली फिल्मका महानायकको उपाधि पाएका राजेश हमालले तिन दशक बढी फिल्म क्षेत्रमा बिताइसकेका छन् । यो बीचमा राजेशले थुप्रै फिल्ममा अभिनय गरे ।

Capture

अभिनयमा तारिफ पाउने काम एकाध फिल्ममा गरेपनि राजेशको नाचमा दर्शक सधैभरि हाँसीनै रहे । राजेश हमाललाई नाच्न नजान्ने हिरोको ट्याग लाइनै रह्यो । लाग्छ राजेशले आफ्नो नाच सुधार्नलाई त्यति धेरै मेहनत गरेनन् ।

प्राय स्टेज कार्यक्रममा पनि आफ्ना हिट डाइलगहरु मात्र पस्किने राजेशले स्टेजमा नाच्ने जमर्को पनि गरेनन् । तर, आगामी पौष ८ मा दुवईमा हुने नवौ संस्करणको नेफ्टा अवार्डमा भने राजेशले प्रस्तुति दिने भएका छन् ।

बुधवार राष्ट्रिय नाचघरको रिहर्सल कक्षमा राजेश जब अभिनेत्री मलिना जोशीसंग खुलेर कम्मर मर्काए तब त्यहाँ उपस्थित पत्रकार र कलाकारलाई चकित तुल्याइदिए ।

दुवईमा हुने नवौ संस्करणको नेफ्टा अवार्डका लागि अहिले धमाधम रिहर्सल भैरहेको छ । १ सय २० फिल्मकर्मीलाई लिएर गर्न लागिएको उक्त समारोहको लागि राजेश हमाल, करिश्मा मानन्धर, छुल्ठिम गुरुङ, राजेश हमाल, सलोन बस्नेत, अनुप्बिक्रम शाही , पुजा शर्मा , माला लिम्बु लगाएतका थुप्रै कलाकारले प्रस्तुति दिनेछन ।

अवार्डका बारेमा उत्साहित हुदै नेफ्टा अध्यक्ष पुष्कर लामाले कलाकारहरुको साथ र सहयोगले चुनौती र साहस थपिएको बताए । पछिल्ला अवार्डहरु प्रति कलाकारको विश्वास गुमिरहेको बेलामा यसरी थुप्रै कलाकारको सहयोगले काम गर्न उर्जा थपेको बताउदै अवार्ड भब्य बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताए ।

IMG_4700

यता पहिलोपटक अवार्डमा नाच्दै गरेका राजेशले नेफ्टासंग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउदै गत संस्करणमा अवार्डमा उपस्थित हुन् नपाए पनि यो पटक भने आफै पनि लागि परेर अवार्डलाई सफल पार्ने विश्वास ब्यक्त गरे ।

नेपाली मात्र होइन, छिमेकी देशका डायस्पोरा समेत सहभागि हुने कन्सेप्ट भिजनका सुवाससिंह ठकुरी ‘अनिस’ले बताए । कतारबाट समेत नेपालीहरु नजिकैको देशमा हुने अवार्डमा जाने मनस्थिती बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्