मुर्मा देखि बर्मासम्मको यात्रा लिएर सुरु भयो ‘प्रेमगीत २’को छायांकन (भिडियो)



रंग खबर, काठमाडौँ | फिल्म ‘प्रेमगीत २’को छायांकन सुरु भएको छ । राजधानीको चावहिलस्थित गणेश मन्दिरमा  मुर्हत गर्दै फिल्मले पशुपतिबाट छायांकन सुरु गरेको हो ।

premgeet 2 a

आसुसेन फिल्मसको तेस्रो प्रस्तुति ‘प्रेमगीत २’का लागि अभिनेता प्रदिप खड्का र नव-अभिनेत्री अस्लेशा ठकुरीले ‘प्रेमगीत’को डाइलग बोल्दै पहिलो सट दिए ।

premgeet 2 c

२ करोड भन्दा बढी लगानीमा बन्ने फिल्मलाई मुगु जिल्लाको मुर्मा गाउँ, रारा ताल, लुम्बिनी, पोखरा, काठमाडौँ, थाइल्याण्ड र बर्मामा खिचिने फिल्म युनिट बताएको छ । फिल्मलाई ४५ दिनमा छायांकन गरेर सकिने बताइएको छ ।

premgeet 2

फिल्ममा प्रदिप खड्का, अस्लेशा ठकुरी, श्रदा प्रसाईं, भुवन चन्द, कैलाश कटुवाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, मुक्तबाबु आचार्य, कबिता रेग्मी लगाएतका कलाकारको अभिनय रहनेछ ।

फिल्मलाई सन्तोष सेनको निर्माण रहने फिल्मलाई रामशरण पाठकले निर्देशन गर्नेछन । फिल्ममा स्किप्ट पनि निर्देशककै रहेको छ ।

premgeet 2 b copy

प्रेमकथामा बन्ने फिल्मले बर्मा र नेपालीबाँसीको कथा भन्नेछ । फिल्ममा ‘गीत’ अर्थात अस्लेशा ठकुरी थाइल्याण्डबासिको भूमिकामा रहने बताएको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्, भने द्वन्द निर्देशन अष्ट महर्जनले गर्नेछन । फिल्ममा रेनशा राईको कोरियोग्राफी रहनेछ ।

‘प्रेमगीत २’लाई आगामी बर्षको भदौमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

Watch here Video:-

प्रतिक्रिया दिनुहोस्