लामो समय पछी पर्दामा आउदै आयुष |’मेरो देश’ रिलिज मिति तय (टिजर)



रंग खबर, काठमाडौँ । रेखा फिल्मसको ‘हिफाजत’बाट फिल्म क्षेत्रमा आएका एक्सन अभिनेता आयुष रिजाल कुनै समय चर्चामै थिए । त्यसपछि फिल्म क्षेत्रबाट हराएका आयुष रिजाल फेरी पर्दामा आएका छन् ।

mero-desh-in

आगामी फागुन ६ गतेलाई प्रदर्शन मिति तोकेर आयुष अभिनित ‘मेरो देश’को टिजर सार्वजनिक गरिएको छ । फिल्ममा आयुषसंगै निशा अधिकारी, प्रज्वल गीरी, नीर शाह, ध्रुब कोईराला, पुष्पा पाण्डे, एक राज थापा, कृष्ण शिवाकोटी, किशोर झा लगाएतका कलाकारले अभिनय गरेका छन् ।

देव नेपालले निर्देशन गरेको फिल्मले राष्ट्रियतालाई मुख्य विषयबस्तु बनाएको निर्माण युनिटले बताएको छ । ब्रोसीस ईन्टरटेन्मेन्ट प्राली को ब्यानरमा निर्माण भएको  फिल्मलाई भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बारा लगायतका ठाउँमा खिचिएको बताइएको छ ।

फिल्मलाई उदय सापकोटा, पार्वती मैनाली र प्रभाकर सापकोटाले निर्माण गरेका हुन् ।

Watch Here Teaser:-

प्रतिक्रिया दिनुहोस्