छवी क्याम्पमा पुष्पलको इन्ट्री |’मंगलम’मा शिल्पासंग गर्नेछन् रोमान्स



रंग खबर, काठमाडौँ | छवीराज ओझालाई नेपाली फिल्म क्षेत्रको ‘बा’को रुपमा पुकारिन्छ । छबीले थुप्रै हिट फिल्म र हिट कलाकार नेपाली फिल्मलाई दिइसकेका छन् ।

mangalam nepali movie

छबी क्याम्पमा जो कसैले इन्ट्री गर्छ, उसको भाग्य चम्किएको फिल्म क्षेत्रमा थुप्रै उदाहरणहरु छन् । राजेश हमाल, रेखा थापा, आर्यन सिग्देल देखि लिएर पछिल्लो समय छबी क्याम्पबाट आफ्नो भाग्य लेख्न सफल भएकी शिल्पा पोख्रेलले समेत छबी ओझा निर्मित फिल्मबाट करियर बनाए ।

अब फेरी छबी क्याम्पमा नयाँ कलाकारको इन्ट्री हुने भएको छ । डेब्यु फिल्म ‘अझै पनि’ हुदै प्रदर्शनको क्रममा रहेको ‘दर्पण छायाँ २’का लिड कलाकार पुष्पल खड्का छबी ओझाको आगामी प्रोजेक्टमा अनुबन्धित भएका छन् ।

शिल्पा पोखरेलको समेत लगानी रहने फिल्म ‘मंगलम’मा म्युजिक भिडियोमासंगै काम गरिसकेका पुष्पलले शिल्पासंग अनस्क्रिन रोमान्स गर्नेछन । फिल्ममा ‘किस्मत २’ डेब्यु अभिनेता पृथ्वीराज पनि रहनेछन ।

नवल नेपालको निर्देशनमा बन्ने फिल्मले पारिवारिक कथा बोल्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्