तिन पोस्टरमा हेर्नुस ‘लभ सासा’ पात्र केकी, कर्मा र असिफलाई



रंग खबर, काठमाडौँ | केकी अधिकारी, कर्मा शाक्य, आसिफ शाह मुख्य भूमिकामा अभिनित ‘लभ सासा ‘को तिन पोस्टर सार्वजनिक गरिएको छ । पात्रहरु चित्रण गरिएको पोस्टरमा मुख्य तिन कलाकारलाई प्राथमिकता दिइएको छ ।

love-sasha-in1

पोस्टरका अनुसार केकी ‘सासा’को नामले चित्रित छिन भने कर्मा ‘पल’को नाममा रहेका छन् । त्यस्तै आसिफ शाह भने सिद्दार्थको नाममा चित्रित छन् । पोस्टरमा पात्रहरुको मनोदशालाई पनि देखाउन खोजिएको छ ।जहाँ केकी पुस्तक पसलमा किताब पढ्दै गरेको देख्न सकिन्छ भने कर्मा माछापुच्छ्रे हिमालको अगाडी क्यामेरा लिएर उभिएका छन् | सिद्दार्थलाई भने कारको अगाडी देखाइएको छ ।

love-sasha-in2

फिल्मका निर्देशक प्रचन्डमान श्रेष्ठ हुन् । माधव वाग्ले निर्माता छन् । यसैबीच निर्देशक श्रेष्ठले फिल्मको रिलिज शुक्रबार नभई बिहिबार पौष २८  हुने बताएका छन् । भिजा गर्लपछि श्रेष्ठको यो दोस्रो निर्देशकीय फिल्म हुनेछ ।

love-sasha-in3

प्रतिक्रिया दिनुहोस्