नेफ्टा अवार्डको तयारीका लागि दुबई पुग्यो प्राविधिकको टोली



त्रिलोचन कोइराला , युएई ।  नेपाली चलचित्र प्राविधिक सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्डको नवौं संस्करणका लागि कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ  ।  कार्यक्रमको व्यवस्थापनका लागि नेपालबाट ६ सदस्य प्राबिधिकको टोलि आज युएई आइपुगेको छ ।
Nefta Awardस्पेक्ट्रम एर्डभटाइजिङ एण्ड मिडिया कन्सल्टेन्टका राजकुमार भट्टराईको नेतृत्वमा प्राबिधिक बाबुराम दाहाल , रमेशमान श्रेष्ठ लगाएत ६ जनाको टोलि आज युएई आएका हुन । अवार्ड समारोहका लागि डिसेम्बर २२ तारिक १२० जनाको कलाकार, पत्रकार , प्राबिधिक संघका प्रतिनिधि युएई आउँदै छन । दुबईको अलनासार लिजरल्यान्डस्थित आइस रिङ्कमा साझ ५ बजे देखि नेफ्टा फिल्म अवार्ड समारोह हुदैछ ।

नेपाली चलचित्रको इतिहासमा अविस्मरणीय बनाउने बताउदै कन्सेप्ट भिजन एण्ड फिल्म वितरक कम्पनिका सालिक सुवेदीले कार्यक्रमको ब्याबस्थापनमा कुनै सम्झौता नगरिने बताए । अवार्ड समारोहका लागि इभेन्ट ब्यबस्थापन गरिरहेको सेभेन स्टार इभेन्ट कम्पनि र नेफ्टाका प्राबिधिकले सयुक्त टेक्निकल ब्यबस्थापन गर्ने आयोजकका राजन अधिकारीले बताए ।

अवार्डका बारेमा उत्साहित हुदै नेफ्टा अध्यक्ष पुष्कर लामाले कलाकारहरुको साथ र सहयोगले चुनौती र साहस थपिएको बताए । पछिल्ला अवार्डहरु प्रति कलाकारको विश्वास गुमिरहेको बेलामा यसरी थुप्रै कलाकारको सहयोगले काम गर्न उर्जा थपेको बताउदै अवार्ड भब्य बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताए ।

नेपाली मात्र होइन, छिमेकी देशका डायस्पोरा समेत सहभागि हुने कन्सेप्ट भिजनका सुवाससिंह ठकुरी ‘अनिस’ले बताए । कतारबाट समेत नेपालीहरु नजिकैको देशमा हुने अवार्डमा जाने मनस्थिती बनाइरहेका छन् । युएईका लागि मोफसल मिडिया ग्रुप अफिसियल मिडिया पार्टनर रहेको छ ।
puskar lama
अवार्ड समारोहमा महानायकको उपाधी पाएका राजेश हमाल, चर्चित हास्यकलाकार दिपकराज गिरी दिपाश्री निरौला, सिताराम कटटेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तती, नायक दयाहांग राई, केकी अधिकारी , निखिल उप्रेती , संचिता लुइँटेल लगायत सबैजसो कलाकार आउदैछन । २०७२ सालमा बनेका र चलचित्र प्राविधिक संघको आह्वान बमोजिम दर्ता भएका ४३ चलचित्रबीच ३१ विधामा प्रतिस्पर्धा हुँदैछ । यसअघि नेफ्टा फिल्म अवार्ड कतार, मलेसिया र हङकङमा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्