सुरुवातमै ‘प्रेमगीत २’लाई झट्का | गाडी दुर्घटनामा निर्देशक र निर्माता घाइते



रंग खबर, काठमाडौँ | एक साता अघि मात्र छायांकनमा उत्रेको फिल्म ‘प्रेमगीत २’लाई झट्का लागेको छ । छायांकनका लागि भनेर पोखरा तिर हानिएको निर्माता निर्देशकसहित चार जनाको टोलि गाडी दुर्घटनामा परेको हो ।

Capture

काठमाडौँबाट पोखरा जादै गरेको गाडी गल्छी नजिकै विपरित दिशाबाट आएको ट्रकसंग ठक्कर खाँदा दुर्घटनामा परि निर्देशक रामशरण पाठक र निर्माता सन्तोष सेन सामान्य घाइते भएका छन् ।

अहिले घाइतेहरुको उपचार काठमाडौँको बिएण्डबि अस्पतालमा भैरहेको निर्माण युनिटले जानकारी दिएको छ । गाडीमा निर्देशक र निर्मातासंगै सवार फिल्मका अभिनेताहरु प्रदिप खड्का र कैलाश कट्वाल सकुसल छन् ।

‘प्रेमगीत २’को छायांकन अब एक हप्ताको लागि रोकिने भएको छ । फिल्म राजधानीको केहि छायांकन सकेर पोखरा, लुम्बिनी र राराका लागि बाहिरिएको थियो । त्यसपछि काठमाडौँ आएर बाँकि छायांकन पुरा गरेर फिल्म युनिट थाइल्याण्ड र बर्मा छायांकनको लागि हानिने योजनामा थियो ।

प्रतिक्रिया दिनुहोस्