निखिल, अनुपबिक्रम र प्रज्वलमा को हो त ‘किङ’ ? (दोस्रो ट्रेलर)



रंग खबर, काठमाडौँ । एक्सन फिल्म ‘किङ’को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । जहाँ निखिल उप्रेती, अनुपबिक्रम शाही, प्रज्वलसुजल गिरि र बेनिषा हमाल बीचको द्वन्दलाई समावेश गरिएको छ ।

kingजे.एस. इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मलाई जगन श्रेष्ठले निर्माण गरेका हुन् । फिल्मलाई शविर श्रेष्ठले निर्देशन गरेका हुन् । बिग बजेटमा निर्माण गरिएको भनिएको फिल्मको मेकिंग हर्नलायक बनेको छ ।

Capture

काठमाडौँ, लुम्बिनी र नगरकोटमा छायांकन गरिएको फिल्मको सम्पादन र छायांकन पक्ष उत्कृष्ट हुने विश्वाश गरिएको छ । फिल्ममा रोशन श्रेष्ठको एक्सन, दिनेश सुनाम र बसन्त सापकोटाको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

king 4

फिल्मलाई संजय लामाले खिचेका हुन् । यसअघि पौष २९ मा प्रदर्शनमा आउने भनि प्रचार गरिएको ‘किङ’ अन्तत एक दिन अगाडी बिहिवार पौष २८ मै प्रदर्शनमा आउने भएको छ । पौष २८ मा ‘लभसाशा’ पनि प्रदर्शनमा आउदैछ ।

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्