‘लभ साशा’ मनै छुने ‘बरी लै…’ गीत सार्वजनिक (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | पौष २८ मा रिलिज हुने फिल्म ‘लभ साशा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘बरी लै…’ बोलको गीतमा सुमानिमा (मिना) सिंह र जसोन कुँवरको स्वर रहेको छ ।

love sasha

जसोन कुँवरकै शब्द संगीत रहेको गीत सुन्दा आनन्द लाग्छ । गीतमा केकी अधिकारी र कर्मा शाक्य फिचरिङ भएका छन् । प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्ममा केकी र कर्मासंगै सिवानी चालिसे, रश्मि भट्ट, बिकाश जोशी र आशिफ शाहको पनि अभिनय रहेको छ ।

love sasha 2

फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन् । फिल्ममा शिवराम श्रेष्ठले छायांकन रहेको छ ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्