दयाहाङ र प्रियंका स्टारर ‘लालटिन’लाई पीजी सर्टिफिकेट



रंग खबर, काठमाडौँ | दयाहाङ राई र प्रियंका कार्की स्टारर फिल्म ‘लालटिन’लाई पीजी सर्टिफिकेट प्राप्त भएको छ । चलचित्र जांचपास समितिले मंगलबार फिल्मलाई २ घण्टा १३ मिनेटमा सिमित पारिदिएको छ ।

lalteen-in2

अब फिल्मलाई बालदर्शकले अभिभावकको निगरानीमा हेर्नु पर्नेछ । देवकुमार श्रेष्ठ निर्देशित फिल्मले सेन्सर समितिबाट राम्रो प्रतिक्रिया पाएको प्रस्तुतकर्ता भानु प्रतापले बताए ।

lalteen-in1

चैत १८ मा प्रदर्शन हुने ‘लालटिन’मा दयाहाङ र प्रियंकासंगै अर्जुनजंग शाही, ए गुरुङ, भानुप्रताप, जनक बर्तौला, रिया श्रेष्ठ, लीला माया, नविन शाह, सुनिल कटुवाल, मोहनबिक्रम श्रेष्ठ, कमल आले र रामकेशर बोगटीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्