‘केटीएम-कक्टेल’को फस्टलुक पोस्टर सार्वजनिक (हेनुस पोस्टर)



रंग खबर, काठमाडौँ | ‘केटीएम–कक्टेल’को अफिसियल फस्टलुक पोस्टर आउट भएको छ । अनुष्क रौनियार निर्देशित फिल्मलाई वर्ष ०७४ को सुरुआतमा रिलिज गरिने लक्ष्य रहेको छ ।

ktm-cocktail

सार्वजनिक पोस्टरमा मास्क लगाएका एक पात्रको मुखौटमा गाँजाको विरुवाको पात चित्रित छ । यसको अर्थ ड्रग्समघथ फिल्मको द्धन्द्ध निर्माण गरिएको छ। ए–वानराज उप्रेती, संगीत सापकोटा र विकास लम्सालको मुख्य भूमिका रहेको सिनेमालाई आर्ट हाउस र नेसनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

नेसनल मिडिया फिल्मका छायांकार समेत रहेका रविन आचार्यको कम्पनी हो । साउथ एसियन कक्टेल नामक ड्रग्सको अवैध कारोबार गर्ने विषयमघथ सिनेमा निर्माण भएको हो । तर, फिल्मभित्र लागुऔषधको कथा समग्र होइन, मनोरन्जनका खुराक पनि समावेश गरिएको उल्लेख छ ।

यौवन अवस्थामा प्रवेश गरेको एक पात्रको जीवनमा फिल्म बुनिएको छ जो अध्यात्ममा विश्वास गर्दैन अर्थात ऊ भौतिकवादी सोचले ग्रस्त छ । प्रदीप नेपाल र विजय लामाले सिनेमा निर्माण गरेका हुन् । अनुष्क र रविनले हालै छायांकन सम्पन्न भएको सिनेमा चक्करमा पनि टीमअप गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्