पुन: सुरु भयो ‘प्रेमगीत २’को छायांकन | लाउन्जमा प्रदिप र स्वस्तिमाको रोमान्स (भिडियो)



रंग खबर, काठमाडौँ | फिल्म ‘प्रेमगीत २’को छायांकन पुन: सुरु भएको छ । केहि दिन अगाडी गाडी दुर्घटनामा परेर निर्माता सन्तोष सेन र निर्देशक रामशरण पाठक घाइते भएपछी फिल्मको छायांकन रोकिएको थियो ।

pg1

काठमाडौँको आधा छायांकन सकेर रारासम्मको यात्राका लागि हिंडेको ‘प्रेमगीत २’ टिम दुर्घटनाका कारण १० दिनसम्म छायांकन रोक्न बाध्य भयो । तर, १० दिनको अन्तरालमा रारा छायांकन पछी खिचिने भनेको एक क्लब गीतको लागि निर्माण युनिटले तयारि पुरा गर्यो ।

अब चार दिनसम्म चल्ने फिल्मको उक्त क्लव गीतको छायांकन पछी ‘प्रेमगीत २’ मोफसलको यात्रामा निक्लने छ । लाउन्जमा चल्ने क्लब डान्स सुटिङमा स्वस्तिमा, प्रदीप र अश्लेषा ठकुरी फ्रेमिङ हुनेछन् । सहनिर्माता ओम गुरुङले नरिवल फुटाएर सुचारु गरेको सुटिङमा स्वास्थ्य लाभपछि फर्किएका निर्माता सन्तोष सेन र निर्देशक रामशरण पाठक उपस्थित थिए । सेतो र नीलो रङयुक्त स्कटल्यान्ड झन्डाको विद्युतीय ब्याकड्रप, कस्ट्युम, प्रप्स र डिजाइन गरिएको महंगो सेटमा डान्स सुट गरिँदैछ ।

pg2

‘स्कटिस थीममा हामीले गीत सुट गर्दैछौं । कथाको माग पनि यही हो’ नृत्य निर्देशक रिनशा राईले भनिन्, ‘वार्डरोव, डान्स र ब्याकड्रप फ्युजनमा मिहेनत गरेका छौं ।’ डेढसय कोरस डान्सहरुसँग कलाकार नाचिरहेका छन् । फेसन डिजाइनर युबी थापाले आकर्षक स्कटिस कस्ट्युम डिजाइन गरेका छन् ।

pg3

अश्लेषा र स्वस्तिमा मात्र होइन, प्रदीपलाई रातो लेदर कोटमा ह्यान्डसम तुल्याएका छन् ।  १८ लाख खर्च हुने बताइएको उक्त डान्स सेटलाई भव्य तुल्याइएको छ ।

निर्माता सेनका अनुसार सिनेमाको विश्व प्रिमियर म्यानमारको याङ्गुुनमा रेडकार्पेटसहित हुने छ । राराताल, लुम्बिनीसहित फिल्मको बाँकी छायांकन थाइल्यान्ड र म्यानमारमा हुने आशुसेन प्रोडक्सनले जनाएको छ ।

सुटिङ अघि नै प्रेमगीत २ सँग हाइप छ । त्यो हाइप संगीत, ग्लसी दृश्य र ब्रान्डले निर्माण गरेको हो । फिल्म आउँदो बर्षको बहु-प्रतिक्षित फिल्म हो ।

Watch Here Video:-

प्रतिक्रिया दिनुहोस्