‘किङ’को लातको भुत सार्वजनिक | हेर्नुस निखिलको एक्सन डान्स



रंग खबर, काठमाडौँ | यहि पौष २८ गते प्रदर्शनमा आउँन लागेको फिल्म ‘किङ’को एक्सन गीत सार्वजनिक भएको छ ।गीतमा एक्सन स्टार निखिल उप्रेतीलाई एक्सन डान्स गराइएको छ ।

Capture

लातको भुत टाइटल रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । वसन्त सापकोटा, दिनेश सुनाम र सुजेन्द्र डि. कार्कीको संगीत छ  । एक्शन निर्देशक रोशन श्रेष्ठ हुन् ।

जे एस ईन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्मका निर्देशक सबिर श्रेष्ठ हुन् । फिल्ममा  निखिलसँगै वेनिशा हमाल, अनुपविक्रम शाहि, प्रज्वलसुजल गिरी, रुपा राना लगाएतका कलाकारले लिड रोलमा अभिनय गरेका छन् ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्