‘लभसाशा’ प्रमोसनल गीतमा केकी र कर्मको केमेस्ट्री (भिडियो)



रंग खबर, काठमाडौँ | पौष २८ गते रिलिज हुने फिल्म ‘लभसाशा’को प्रमोसनल गीत रिलिज भएको छ । यसअघि रिलिज ‘बरी…ले’ बोलको गीत दर्शक माझ रुचाइए पछी निर्माण युनिटले प्रमोसनल गीत तयार पारेको हो ।

Capture

‘कथा तिम्रो सुनु…’ बोलको गीतलाई रोमान्टिक शैलीमा बनाइएको छ । गीतका बारेमा बोल्दै केकी ‘ बरी…लै’ शब्द स्याड गीतमा र ‘लै बरी लै’ शब्द रोमान्टिक गीतमा समावेश हुने भन्दै गीत राम्रो बनेको प्रतिक्रिया दीइन ।

गीतमा केकी र कर्म फिचरीङ छन् । फिल्ममा केकी र कर्मसंगै आसिफ शाहको पनि अभिनय रहेको छ ।

असिफ शाह र श्रेया सोताङको स्वर रहेको गीतलाई आसिफ शाहले कम्पोज गरेका हुन् । प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मले सरल लभस्टोरी बोकेको बताए । फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन् ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्