तेश्रो पटक ‘सायद–२’ रिलिज मिती घोषण | असार–३० मा रिलिज हुने



रंग खबर, काठमाडौं । व्यापारिक रुपमा हिट फिल्म ‘सायद’को सिक्वेल ‘सायद–२’ अब नेपालमा असार ३० गतेबाट सार्वजनिक प्रर्दशनमा आउने भएको छ । यो तेश्रो पटक तोकिएको रिलिज मिती हो ।
sayad2-in
यसअघि चैत ४ गतेलाई रिलिज मिती तोकिएको थियो । त्यतिवेला एसएलसीको परिक्षा हुने भएकाले पुनः जेठ १२ लाई रिलिज मिति तोकिएको थियो । ‘यो मितिमा पनि हामीले टार्गेट गरेका दर्शकहरुको परिक्षा हुने देखियो,’ फिल्मका निर्माता सुनिल रावलले भने, ‘त्यसैले फेरी सारेका हौं । असार ३० चाँही फाइनल डेट हुनेछ ।’

पुष्पराज न्यौपानेको डेब्यु निर्देशनमा तयार भएको यो फिल्म हङकङमा प्रर्दशन भइसकेको छ । मार्च १९मा जापानको टोकियोमा प्रर्दशन हुँदैछ । जापान प्रिमियरमा निर्माता रावल, निर्मात्री दुर्गिस थापा, कलाकार शुसील श्रेष्ठ, स्यारोन श्रेष्ठ र रंग पत्रकार श्याम अर्याल सहभागी हुने भएका छन् ।
राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको ‘सायद–२’मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईं लगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्र शायद २ बहुप्रतिक्षित चलचित्रहरु मध्येको एक हो । चलचित्रले युवा पुस्तालाई हलसम्म तान्न सक्ने कुरामा निर्माण पक्ष विश्वस्त देखिएको छ ।
निर्माता रावलले अब दुई चलचित्रहरु ‘लाहुरे’ र ‘उलन म्यारी’को निर्माण कार्यको थालनी समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्