‘दर्पण छायाँ २’ को सफलताका लागि भगवानसँग प्रार्थना (ट्रेलरसहित)



रंग खबर, काठमाडौं । फिल्म ‘दर्पण छायाँ २’ को ट्रेलरलाई चासोका साथ हेरिएको छ । गत बिहिबार रिलिज गरिएको फिल्मको ट्रेलरलाई युट्युवमा करिब दुई लाख चालिस हजार पटक हेरिएको छ भने नेपालको ट्रेन्डिङमा पाँचौ नम्वरमा छ । यस्तै ट्रेलरको कमेन्ट बक्समा सकारात्मक कमेन्ट र लाइक धेरै आएका छन् । तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’ युवा पुस्ताको साँगीतिक प्रेम कथामा बनेको छ ।
darpanchhayaफागुन २७ गतेदेखि प्रदर्शनमा आउने ‘दर्पण छायाँ २’ सफलताको लागि निर्माता साबु, रवि कार्की र नायिका साहाराले पूजाआजा गरेका छन् । अमेरिकाको कोलोराडो निवासमा साबु, रवि र साहाराले पण्डित पढाएर हवान पूजा गरेका हुन् । ‘भगवानसँग फिल्म सफल होस् भनेर प्रार्थना गर्यौं । भगवान र दर्शक दुवैले साथ दिनुुहन्छ भन्ने विश्वास लिएका छौं’ निर्मात्री साबुले भनिन् । रिलिजको केही साता अगाडी फिल्म प्रचारका लागि नेपाल आउने तयारी भैरहेको समेत उनले बताइन् ।

‘दर्पण छायाँ २’ मा नव प्रस्तुतीको रुपमा पुष्पल खड्का र साहारा प्रस्तुत भएका छन् । उनीहरुसँगै फिल्ममा सरोज खनाल, विएस राणा, फिरोज तिमल्सिना र श्रद्धा प्रसाईंको अभिनय रहेको छ । रामेश्वर कार्कीको छायाँकन रहेको फिल्ममा रञ्जित सिंह गज्मेर र चञ्दन लोमञ्जेलको संगीत रहेको छ भने गीतको शब्द साबु रविले लेखेकी छिन् ।
ट्रेलर हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्