चलचित्र पत्रकार संघले ‘स्पिकर्स कर्नर’मार्फत बहस थाल्ने



रंग खबर, काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले हरेक महिना बहस तथा छलफलमुखी कार्यक्रम ‘स्पिकर्स कर्नर’ आयोजना गर्ने भएको छ । ‘स्पिकर्स कर्नर’ कला र मनोरञ्जन क्षेत्रसँग सम्बन्धित विषयमा बहस गर्ने थलो हुने बताइएको छ  ।
कर्नरको पहिलो शृंखला जेठ १५ गते हुने भएको छ । पहिलो शृंखलामा ‘नेपालमा बक्सअफिस’ शीर्षकमा बहस हुनेछ । बहसमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी वक्ताका रूपमा सहभागी हुनेछन् ।

अन्य फिल्मकर्मी पनि बहसमा सहभागी हुन सक्ने संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । कार्यक्रम राजधानीस्थित नेपाल चलचित्र संघको हलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्