पल, पुष्प र प्रदीप एकतिर, अनमोल अर्कोतिर !



रंगखबर, काठमाडौँ – नेपाली फिल्म बजारमा चकलेटी अनुहारका अभिनेताको पुनरागमन भएको छ । आर्यन सिग्देल, जीवन लुइँटेलजस्ता अभिनेताको समय सिद्धिएपछी थियटरबाट आएका सौगात मल्ल, दयाहाङ राईजस्ता अभिनेताको स्टारडममा फिल्म चल्ने दिनहरु पनि करिब अन्त्यतर्फ मोडिएका छन् ।

अनमोल केसीको आगमन पछी पुन: चकलेटी अभिनेता दर्शकको रोजाईमा पर्न थालेका छन् । त्यसमध्येका हुन् प्रदीप खड्का, पल शाह, पुष्प खड्का, आशिरमान देशराज जोशीजस्ता अभिनेता ।

अहिले यिनै अभिनेतामा स्टारडमको लडाई हुने गर्छ । गत वर्ष रिलिज भएका फिल्मलाई आधार मान्दा अनमोल, प्रदीप, पल, पुष्प र आशिरमानको धेरै चर्चा भयो । फलस्वरूप वर्षको पहिलो अवार्डस्वरूप सम्पन्न भएको एनएफडिसीको उत्कृष्ट पाँचको मनोनयनमा थियटरबाट आएका दयाहाङ मात्र अटाए । चकलेटीबाट भने अनमोल, प्रदीप, पल र पुष्पले स्थान बनाए ।

एनएफडिसी अवार्डमा सहभागी हुँदै

अवार्ड समारोहमा जब यी चार अभिनेता उपस्थित हुँदा दयाहाङ उपस्थित भएनन् । तब थाहा भैसकेको थियो की यी चार मध्ये एकले अवार्ड जित्ने छन् । अवार्डमा प्रदीप र अनमोलले पहिलो पटक हात पनि मिलाएर मिडियामा सकारात्मक संदेश प्रवाह गरे । तर, त्यहाँ त प्रतिस्पर्धा स्पष्ट थियो ।

अवार्ड पानिले बिथोलिए पछी हायातको भित्र पट्टि अवार्ड बाँडियो । जहाँ अवार्ड बाँडीदै थियो । त्यहाँ अभिनेताहरु पनि बाँडिए । अनमोल पिता भुवनसँग थिए भने अन्य तीन अभिनेता सँगै थिए । पल, पुष्प र प्रदीपसँग बरु अभिनेत्री आँचल शर्मा थिइन् । जुन दृश्य हेर्न लायक थियो ।

यी चार मध्ये पुष्पले अवार्ड जित्ने अनुमान गरिएको थियो । पल, पुष्प, प्रदीप बेस्ट अभिनेताको अवार्ड घोषणा हुँदै गर्दा पहिलो तलाको रेलिङबाट हेरिरहेका थिए । अवार्डप्रति उनीहरुको कौतुहलता अनुहारबाट प्रष्ट हुन्थ्यो । तर, अवार्ड अनमोलको नाममा गयो ।

अवार्डमा बोल्दै अनमोल

जुन दृश्य दृश्य देख्दा यस्तो लाग्थ्यो पल, पुष्प र प्रदीप एकतिर, अनमोल अर्कोतिर!

गसिप

प्रतिक्रिया दिनुहोस्