धेरै पढेका चर्चित ५ कलाकार



प्रकाश ढकाल, काठमाडौँ– नेपाली चलचित्र उद्योग सानै भए पनि यहाँका कलाकारहरुको अभिनयलाई भने प्राय: सबैले चिन्ने र मन पराउने गर्दछन। नेपाली चलचित्र नगरीमा विगत देखि वर्तमान सम्म हेर्दा त्यस्ता थुप्रै कलाकारहरु छन, जसले आफ्नो कुशल अभिनयसँगै अध्ययनलाई पनि उचाईमा लिएर गएका छन। आज हामी तपाईहरुलाई त्यस्ता ५ कलाकारहरुका बारेमा जानकारी दिदैछौ जसको अभिनय मात्र हैन पढाई पनि उत्कृष्ट छ ।

१.राजेश हमाल:
महानायक राजेश हमालको अभिनयबाट प्रवावित नहुने दर्शकहरु सायदै कोहि होलान। चलचित्र ‘युग देखि युग सम्म’बाट डेब्यु गरेका यी सुपरस्टारले पहिलो चलचित्रबाटै सफलताको चुमेका थिए। कयौ सुपरहिट चलचित्रमा काम गरि सकेका उनले अभिनयमामात्र हैन पढाईमा पनि सफलता प्राप्त गरेका छन। उनले मेजर ईंग्लिशमा एम. ए. सम्मको अध्ययन गरेका छन।

२. सुरज सिंह ठकुरी:
मोडल एवंम् कार्यक्रम प्रस्तोता हुदै चलचित्रमा कदम राखेका सुरजले ‘नाई नभन्नु ल २’, ‘जंगे’ जस्ता हिट चलचित्रमा अभिनय गरिसकेका छन। विभिन्न म्युजिक भिडियो तथा कार्यक्रम प्रस्तोताको रुपमा बढी चर्चित यी अभिनेताले वातावरण विज्ञानमा मास्टर डिग्री हासील गरेका छन ।

३. केकी अधिकारी:
नेपाली चलचित्र क्षेत्रमा बौद्धिक अभिनेत्री भनेर चिनिने यी अभिनेत्रीले चलचित्र ‘स्वर’बाट डेब्यु गरेकी थिईन दर्जनौ चलचित्रमा काम गरिसकेकी केकीले अभिनय सँगै पढाईलाई पनि उत्तिकै महत्व दिने गर्छिन। अब्बल अभिनय र बौद्धिक क्षमताका कारण चर्चित रहेकी उनले मानब संसाधन ब्यबस्थापनमा डिग्री हासिल गरेकी हुन। उनै अभिनेत्रीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अहिले प्रदर्शन भै रहेको छ ।

४. प्रदिप खड्का:
चलचित्र प्रेम गीतमा एकाएक चर्चामा आएका अभिनेता प्रदिप खड्कालाई नचिन्ने प्राय: कोहि नै होला। ३ वटा चलचित्रमा अभिनय गरेका प्रदिप पनि जति उत्कृष्ट अभिनय गर्छन त्यति नै उनको पढाई पनि उत्कृष्ट नै छ। उनले सिक्किमबाट मेजर ईंग्लिशमा मास्टर डिग्री सम्मको अध्ययन गरेका छन। प्रदिप अभिनित चलचित्र ‘लिलिबिली’ अहिले पनि हलमा लागिरहेको छ।

५.राज बल्लभ कोईराला:
सुपर हिट चलचित्र ‘पर्खी बसे’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका राज बल्लभले पहिलो चलचित्रबाटै चर्चा कमाएका थिए। पछि उनले ‘ऋतु’ ‘अपवाद’ ‘दिवानापन’ जस्ता चलचित्रमा अभिनय गरे । जति उनको अभिनय अब्बल छ, त्यति नै पढाईमा पनि अब्बल देखिने उनले मास्टर डिग्री सम्मको अध्ययन गरेका छन।

प्रतिक्रिया दिनुहोस्