‘गोपी’मा खगेन्द्र र सुरक्षाको जोडी



रंगखबर, काठमाडौँ – समिक्षक/संचारकर्मी दीपेन्द्र लामाले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । ‘गोपी’ नामक फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले मुख्य भूमिका निर्वाह गर्ने छन् ।

लामाले यसअघि ‘घामपानी’ निर्देशन गरिसकेका छन् । देशमै केहि गर्न सकिन्छ र गर्छु भन्ने एक पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुद उसले कसरी सफलता हात पार्छ भन्ने केन्द्रिय द्वन्दमा आधारित रहेर निर्माण हुने फिल्ममा सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे लयागतको मुख्य भूमिका रहनेछ । फिल्मले दर्शकलाई मनोरंजनसँगै प्रेरणा, आशा र केहि उर्जा दिन सफल हुने निर्देशकले विश्वास व्यक्त गरेका छन् ।

निर्देशक लामाकै कथा रहेको फिल्ममा सामिप्यराज तिमिल्सिनाको पटकथा, श्रीधर पौडेलको कार्यकारी निर्माण र आरोही केसीको निर्माण रहनेछ । ‘गोपी’मा शैलेन्द्र डी कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ

प्रतिक्रिया दिनुहोस्