‘क्याप्टेन’मा अनमोलको अपोजिट प्रशान्त फाइनल



रंगखबर, काठमाडौँ – छायाँकनरत फिल्म ‘क्याप्टेन’मा ‘ऐश्वर्य’ डेब्यु अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएको खबर बाहिरिएको छ ।

द सिनेमा टाइम्सलाई प्राप्त एक्सक्लुसिभ खबर अनुसार फिल्ममा प्रशान्त नेगेटिभ भूमिकामा हुने छन् । आइतबारदेखि पुर्वको झापामा छायाँकन भैरहेको फिल्ममा सुपरस्टार अनमोल केसी मुख्य भूमिकामा छन् ।

फिल्ममा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी रहेका छन् । यी दुई लेडीको लागि ‘क्याप्टेन’ डेब्यु फिल्म हो ।

‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराईले निर्देशन गरिरहेको फिल्ममा अभिनेता सरोज खनाल पनि मुख्य भूमिकामा छन् । फिल्म भित्र उनि अनमोलको क्याप्टेनको भूमिका रहने छन् ।

पुर्वको सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथा बोल्ने ‘क्याप्टेन’लाई अभिनेता भुवन केसीले निर्माण गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्