‘मनाङ्गे नानी’ को ट्रेलर सार्वजनिक – भिडियो हेर्नुस



काठमाडौँ। बैशाख २८ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मनाङ्गे नानी’ को ट्रेलर सार्बजनिक भएको छ । माया, प्रेम, द्वन्दलाई प्रस्तुत गरिएको यस चलचित्रको ट्रेलर आइतबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

नेपालको मनोरम पर्यटकीय ठाँउ मनाङको तिलिचो तालको वरिपरि छायांकन गरिएको यस चलचित्रको ट्रेलरमा निकै मनोरम दृश्यहरु समाबेश गरिएको छ भने चलचित्रको ट्रेलरमा चलचित्रका सबै जसो कलाकारहरु प्रस्तुत भएका छन् । जसले गर्दा चलचित्र राम्रो बनेको अनुमान गर्न सकिन्छ र यस चलचित्रमा समावेश गरिएको नेपालको मनोरम पर्यटकीय दृश्यले गर्दा पनि दर्शक हल सम्म गयर चलचित्र हेर्नेमा निर्माण पक्ष ढुक्क देखिन्छ।

खुस बहादुर गुरुङको कथा, पटकथा, गीत, संगीत र निर्देशन रहेको छ । श्रीकृष्ण फुयालको छायांकन रहेको फिल्ममा जनक गुरुङको द्वन्द छ । गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाया गुरुङ ले संयुक्त रुपमा फिल्म निर्माण गरेका हुन् । सुबास गुरुङ, मनाङ गुरुङ ,ओमन गुरुङको नृत्य निर्देशन रहेको फिल्ममा प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

७० प्रतिशत भन्दा बढी मनाङका रमणिय स्थानहरुमा छायांकन गरिएको यस चलचित्रमा नायक भिम गुरुङसंगै शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुसि गुरुङको अभिनय रहेको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्