अस्ट्रेलियाको लागि १२ लाखमा बिक्यो ‘कुम्भ करण’



रंगखबर, काठमाडौँ – नेपाली फिल्म ‘कुम्भ करण’ असार ८ मा नेपाल रिलिज सँगै अस्ट्रेलियामा रिलिज हुने भएको छ ।

आकाश पल इन्टरटेनमेन्ट र अस्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरसँगको सम्झौतामा गणेश मल्ल ठकुरीले फिल्मलाई १२ लाखमा खरिद गरेका हुन् ।

आकाश पल इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कुम्भ करण’लाई विजय श्रेष्ठ, गिरप्रसाद घर्तिमगर, चित्रबहादुर घर्तिमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण) रहेका छन् ।

दीपक ओली निर्देशित फिल्ममा गौरव पहारी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्रहरी, कमल गाउँले, सदभाव थापा लगायतका कलाकारको अभिनय छ ।

फिल्मको ‘कुटु कुटु यो मुटु खाने भो’ बोलको गीत युट्युबमा हिट भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्