नेपालका चर्चित ५ इन्स्टाग्राम क्विन



रंगखबर, काठमाडौँ-  सामाजिक संजाल एउटा यस्तो ठाउँ हो । जहाँ हर कोहिले आफ्ना मनमा लागेका भावनाहरु शेयर गर्न सक्छन । त्यस माथि अहिले यस्ता थुप्रै सामजिक संजालहरु चर्चित छन । जसले गर्दा उपयुक्त लाग्ने संजालको प्रयोग गरि आफ्ना मनमा लागेका भावना पोख्न सजिलो भएको छ । नेपाली फिल्म क्षेत्रमा धेरै कलाकारहरुलाई यस्ता  संजालहरुबाट दर्शक तथा फ्यानसँग सम्वन्ध बढाउन सजिलो भएको छ ।

आज हामि ५ जना अभिनेत्रीहरुको बारे जानकारी दिदैछौ, जसले सामाजिक संजाल इन्स्टाग्राम मार्फत थुप्रै फ्यान कमाएका छन् । इन्स्टाग्राममा सर्वाधिक फ्लोवर्स कमाएका यी अभिनेत्रीहरुलाई इन्स्टाग्राम क्विन भन्दा फरक नपर्ला ।

प्रियंका कार्की

अहिले फिल्म क्षेत्र तथा सामाजिक संजालमा सबै भन्दा बढी खोजिने अभिनेत्री प्रियंका कार्की हुन। मिस टिन, भिजे हुदै फिल्म क्षेत्रमा अहिले एक छत्र राज गरिरहेकी अभिनेत्री सामाजिक संजालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन। उनको इन्स्टाग्राम फ्लोअर्स ५ लाख ४२ हजार भन्दा बढी छ । उनको इन्स्टाग्राम प्रोफाइल: Priyanka Karki

अदिति बुढाथोकी

बलिउडमा समेत आफ्नो कला प्रस्तुत गरिसकेकी अभिनेत्री हुन अदिति बुढाथोकी। पहिलो फिल्म ‘कृ’ बाटै सबैको नजरमा पर्न सफल भएकी उनि इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहन्छिन। अदितिको इन्स्टाग्राममा उनलाई फलो गर्ने फ्यानहरु ४ लाख भन्दा बढी छन ।उनको इन्स्टाग्राम प्रोफाइल :  Aditi Budhathoki

सृष्टि श्रेष्ठ

मिस नेपाल २०१२ भैसकेकी सृष्टिले फिल्म ‘गाजलु’बाट डेब्यु गरेकी थिईन । पहिलो फिल्मबाट सफलता पाएकी यी ‘गाजलु गर्ल’का त्यसयता कुनै फिल्म प्रदर्शनमा नआएता पनि उनि सामाजिक संजालमा भने सक्रिय रहन्छिन । उनको यो बर्ष रोमियो एण्ड मुना, लाउरे र बाँध मायाले जस्ता फिल्महरु प्रदर्शन क्रममा छन । इन्स्ग्राटाममा सृष्टिको फलोअर्स ३ लाख ८४ भन्दा धेरै छन । उनको इन्स्टाग्राम प्रोफाइल:   Shristi Shrestha

नम्रता श्रेष्ठ

सुन्दर अनुहार र उत्कृष्ट अभिनयका कारण चर्चामा रहने नम्रताले भर्खरै फिल्म ‘जायरा’को छायांकन सकेर ‘प्रसाद’को छायांकनको तयारीमा छिन । सामाजिक संजालमा पनि उत्तिकै सक्रिय रहने उनको इन्स्टाग्राम जम्मा ३ लाख ४० हजार फलोअर्स छन । उनको इन्स्टाग्राम प्रोफाइल:  Namrataa Shrestha

स्वस्तिमा खड्का

होस्टेल रिटर्न्सबाट फिल्म क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री हुन् स्वस्तिमा खड्का । उनलाई फिल्म भन्दा ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतले बढी चर्चा दिलाएको थियो । भर्खरै मात्र जय भोलेको छायांकन सकेकी उनि सामाजिक संजालमा पनि सक्रिय रहन्छिन । उनको इन्स्टाग्राममा ३ लाख ३० हजार फलोअर्स छन। उनको इन्स्टाग्राम प्रोफाइल:   Swastima Khadka

प्रतिक्रिया दिनुहोस्