प्रदिप र जस्सिता एक अर्काको यादमा यसरी तड्पिए – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ – प्रदर्शंरत चलचित्र ‘लिलिबिली’को सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ। ‘केहि बाकी’ रहेन बोल रहेको उक्त गीतमा प्रदिप खड्का र जस्सिता गुरुङ देखिएका छन। सन्नी सुनामको सुमधुर स्वरमा सजिएको उक्त गीतमा एलिस कार्कीले संगीत भरेका छन भने बबिन बिक्रम अधिकारीको शब्द रहेको छ।

गीत हेर्नुहोस् :

चौथो सातामा प्रदर्शन भै रहेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने सुदिप खड्का, गोबिन्द शाही, मिलन चाम्सले चलचित्रमा लगानी गरेका छन। प्रदिप खड्का, जस्सिता गुरुङ र प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्रले लगानी सुरक्षित गरे पनि अपेक्षित व्यापार भने गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्