नर्वेमा ‘बोबी’को भव्य प्रिमियर – भिडियो सहित



रंगखबर, काठमाडौँ- निर्देशक मिलन चाम्सले पछिल्लो पटक निर्देशन गरेको फिल्म ‘बोबी’को नर्वे प्रिमियर सम्पन्न भएको छ।

नर्वेको ओस्लोको भीका भिक्टोरिया हलमा सम्पन्न प्रिमियरमा ४ सय बढी दर्शकको उपस्थिति रहेको थियो। रियल स्टोरीमा बनेको फिल्मको प्रिमियर शोमा नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी पनि उपस्थित थिए ।


मुख्य पात्र कविता गुरुङ र उमेश थापाको रियल लव स्टोरीमा आधारित फिल्म चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो। ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।


कविता र उमेशका अलावा फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्