‘शत्रु गते’को सक्सेस पार्टी सम्पन्न



रंगखबर, काठमाडौँ- गत वर्ष चैत्र ९ गतेबाट प्रदर्शन भएको चलचित्र शत्रु गतेले प्रदर्शनको गौरवमय ५१ दिन पार गरेको छ। चलचित्रले सिटी म्याक्स, बिग सिनेमा, एफक्युब, क्युएफएक्सको छाँया, बाराही चलचित्र मन्दिर, गोपी, गुण र अष्ट गरि ८ वटा हलहरुमा शनिबार ५१ दिन पार गरेको हो । सोहि उपलक्ष्यमा चलचित्रका निर्माण टिमले सक्सेस पार्टी सम्पन्न गरेका थिए। पार्टीमा मह जोडीका साथै प्रियंका कार्की, आंचल शर्मा, केदार घिमिरे, जितु नेपाल, दिलिप रायमाझी देखि शिब श्रेष्ठ सम्मको उपस्थिति रहदा चलचित्रका मुख्य कलाकार दिपा- दिपक, पल शाह भने अनुपस्थित थिए।

मह संचारले करिब १७ बर्ष पछि निर्माण गरेको चलचित्र अहिले पनि हल हलमा प्रदर्शन भै रहेको छ। किरण केसीको निर्माणमा बनेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन।

चलचित्रको सफलताको बारेमा बोल्दै निर्देशक भट्टराईले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । साथै, दर्शकको साथले सफलता पाएको सुनाउदै आउँदा दिनमा दर्शकलाई मनोरंजन दिने सिनेमा निर्माण गर्ने जोश र जाँगर पलाएको बताए ।

प्रतिक्रिया दिनुहोस्