डिठ्ठा साबले उडाउने ‘चङ्गा’को ट्रेलर यस्तो बन्यो



रंगखबर, काठमाडौँ | चर्चित हास्य धारावाहिक ‘डिठ्ठा साब’का डिठ्ठा साबले निर्देशन गरेको फिल्म ‘चङ्गा’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गराउदै फिल्मका निर्माण टिमले सो प्रचार सामाग्री छोडेको हो। यस अघि निर्माण टिमले ‘कम्पनि माला’ बोलको गीत सार्वजनिक गरेको थियो, जुन दर्शक माझ चर्चित बनिसकेको छ। कमेडीका साथ साथै सस्पेश बोकेको चलचित्रको लेखन तथा निर्देशन डिठ्ठा साब अर्थात् किशोर भण्डारीले गरेका हुन्।

रेश्मा तिमिल्सिनाले निर्माण गरेको फिल्ममा बुद्दी तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लकी भण्डारी लगायतका कलाकारको अभिनय छ ।

यहि जेष्ठ २५ गतेबाट प्रदर्शन हुने चलचित्रमा राजनराज सिवाकोटी/कमल खत्रीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्