अमेरिका उड्न दिन जेष्ठ १८ गते, यस्तो बन्यो अमेरिका ब्वाईज को ट्रेलर



रंगखबर,काठमाडौँ – औपचारिक घोषणा गरेसंगै चर्चामा रहेको फिल्म ‘अमेरिका ब्वाईज’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकै गर्दा निर्माण टिमले सो प्रचार सामाग्री दर्शक माझ छोडेको हो। डार्क कमेडी जनारामा निर्माण गरिएको यस फिल्मको ट्रेलरमा सबै कलाकारहरु कमेडी रुपमा प्रस्तुत भएका छन् ।
ट्रेलर हेर्नुस

‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ । समिर खरेल कार्यकारी निर्माता अनुप थापा, यमुना खरेल र राज के.सी सह-निर्माता, विवेक पण्डेको कथा, पटकथा र संबाद रहेको फिल्ममा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री (नेपाली ठिटोज)को नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द रहेको छ । आलोक शुक्लाको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्