अनुपको दुई फरक लुक्समा सार्वजनिक भयो जय शम्भुको फस्टलुक पोस्टर



रंगखबर, काठमाडौँ। यहि भाद्र १ गतेबाट अलनेपाल प्रदर्शन हुन लागेको चलचित्र ‘जय शम्भु’को २ वटा फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका तिन मुख्य कलाकारहरु प्रशान्त, अनुप र वर्षा अटाएका छन पहिलो पोस्टरमा अनुपलाई एङ्ग्रि लूक्समा देख्न सकिन्छ भने दोश्रो पोस्टरमा लभर ब्वाईको अवतारमा उनि प्रस्तुत भएका छन।

आईसा इन्टरटेमेंट र जुना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन, भने दिनेश शाही प्रस्तुतकर्ता अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन। चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा कुशल शर्माा र शिक्षा काफ्ले सह निर्माताक रुपमा छन ।

हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको चलचित्रका निर्माण टिमले नेपालसँगै अष्ट्रेलिया, दुबई, थाईल्याण्ड, हङकङ लगायतका देशहरुमा फिल्मको विशेष शो गरिने जानकारीदिएको छ ।

अनुप बिक्रम शाही, प्रशान्त ताम्राकार, वर्षा सिवाकोटीका अलावा चलचित्रमा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतको कलाकारको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्