१५ वर्ष पछि ‘रोमियो एण्ड मुना’मा सुक्मित गुरुङको ‘पल पल’ – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ– चलचित्र रोमियो एण्ड मुनाको तेश्रो गीत सार्वजनिक गरिएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले पल पल मा बोलको गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीत आज भन्दा १५ वर्ष अघि नै गायिका सुक्मित गुरुङले गएकी थिईन। सो गीतलाई अब भने चलचित्र’रोमियो एण्ड मुना’मा समावेश गरिएको छ। विश्व शाहीको शब्द संगीतमा सजिएको गीतमा राजिब समर र नरेश कुमार केसीको कोरियोग्राफी रहेको छ।

एकदमै राम्रो भी.एफ.एक्समा बनाइएको उक्त गीतमा आई ड्रिम एनिमेसनका अजय शाक्यले गरेका हुन। शिवम श्रेष्ठले खिचेको उक्त गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन।

भी. मोसन पिक्चर्स र के. एस. प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई नरेश कुमार केसीले लेखन तथा निर्देशन गरेका हुन् । प्रसन्न गोपालीको लगानीमा बनेको चलचित्रमा बिनय श्रेष्ठ र शृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको छ। यहि साउन ११ गतेबाट देशभर प्रदर्शन हुन् लागेको चलचित्रमा बिनय र शृष्टिका अलावा प्रज्वल सुजल गिरि, शुष्मा कार्की, सुरक्षा पन्त, बसुन्धरा भुसालको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्