डि. सिने अवार्ड : उत्कृष्ट नायक-नायीका निता र अनमोेल



रंगखबर, काठमाडौँ-  दशौ डि. सिने अवार्ड सम्मपन भएको छ। बिहिबार काठमाडौँको सभा गृहमा आयोजित  अवार्ड कार्यक्रम विगतका बर्षहरु झैँ  भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । डिजीटल प्रविधिमा निर्माण भएका फिल्महरुलाई प्रोत्साहित गरी नेपाली फिल्ममा प्राविधिक गुणस्तरको बृद्धिमा सघाउ पुर्याउने उद्देश्यले २०६६ सालमा स्थापना भएको अवार्डले लगानी बढाउन सकिदैन भने प्रविधि र प्रस्तुतिमा जोड दिनुपर्छ भन्ने मान्यतालाई बोकेको अध्यक्ष शान्ति प्रियले जानकारी दिए  ।

‘डी सिने अवार्ड’मा यो बर्षको उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘कृ’बाट अनमोल केसीले हात पारे भने चलचित्र ‘पंचायत’बाट अभिनेत्री नीता ढुंगानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्न सफल भईन चलचित्र ‘लिलिबिली’बाट सर्वोकृष्ट निर्देशकको अवार्ड मिलन चाम्सको पोल्टोमा पर्दा चलचित्र ‘कृ’ वर्षकै उत्कृष्ट चलचित्र सावित बन्न सफल भयो । कुल ३४ विधामा बाँडिएको अवार्डमा  ‘मङ्गलम’ले ५, ‘कृ’ले ४, ‘लिलिबिली’ले ४, ए मेरो हजुर २/छक्का पन्जा/संरक्षणले समान ३/३, ऐश्वर्य/दुई रुपैयाँ/घामपानीले समान २/२ र रुद्र/पिंजडा ब्याक अगेन/भुइमान्छे/पंचायत/ब्लाइन्ड रक्स/शत्रु गतेले समान १/१ विधामा अवार्ड जित्न सफल बनेका थिए ।

अवार्ड विजेताहरुको पूर्ण सुची

उत्कृष्ट एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट, कृ

उत्कृष्ट पार्श्वसंगीत: एलिश कार्की, लिलीबिली

उत्कृष्ट ध्वनिमिश्रण: सुनयमान श्रेष्ठ, संरक्षण

उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी, संरक्षण

उत्कृष्ट गायिका: विन्दु परियार, मंगलम (पर्ख पर्ख)

उत्कृष्ट गायक: सुगम पोखरेल, ऐश्वर्य (तिमी रोएको पल)

उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी, दुई रुपैयाँ (कुटुमा कुटु)

उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज, दुई रुपैयाँ (कुटुमा कुटु)

उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी, रुद्र

उत्कृष्ट बाल कलाकार: कुशाग्र भट्टराई, पिंजडा ब्याक अगेन

उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे, छक्का पञ्जा २

उत्कृष्ट खलपात्र: प्रशान्त ताम्राकार, ऐश्वर्य

उत्कृष्ट कथा: नवराज बुढाथोकी, भुइँमान्छे

उत्कृष्ट पटकथा: प्रदीप भारद्वाज, लिलीबिली

उत्कृष्ट संवाद: दिपेन्द्र लामा, घामपानी

उत्कृष्ट नव नायीका: जसीता गुरुङ, लिलीबिली

उत्कृष्ट नव नायक: सलिनमान बानियाँ, ए मेरो हजुर २

उत्कृष्ट नव-निर्देशक: झरना थापा, ए मेरो हजुर २

उत्कृष्ट चरीत्र अभिनेत्री: मिथिला शर्मा, मंगलम

उत्कृष्ट चरीत्र अभिनेता: पुष्कर गुरुङ, घामपानी

उत्कृष्ट सह अभिनेत्री: बर्षा राउत, छक्का पञ्जा २

उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत, ए मेरो हजुर २

उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान, कृ

उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ, मंगलम

उत्कृष्ट अभिनेत्री: नीता ढुंगाना, पञ्चायत

उत्कृष्ट अभिनेता: अनमोल केसी, कृ

उत्कृष्ट निर्देशक: मिलन चाम्स, लिलीबिली

उत्कृष्ट चलचित्र: कृ

उत्कृष्ट पपुलर चलचित्र: छक्का पञ्जा २

पपुलर च्वाइस अवार्ड: (शत्रुगते)

छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुषाल

छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन

छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल

छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल

(प्रोत्साहन) इन्करेजमेन्ट अवार्ड: पुर्णेन्दु झा, संरक्षण

क्रिटिक्स तर्फको अवार्ड

फिल्मः ब्लाइन्ड रक्स (चाम्स इन्टरटेन्मेन्ट)

अभिनेताः पुष्प खड्का (मंगलम)

निर्देशक: नवल नेपाल (मंगलम)

प्रतिक्रिया दिनुहोस्