जाजरकोटमा पुगेर गुन्यु चोलीमा कम्मर भाच्दै रेखा



रंगखबर, काठमाडौँ – रेखा थापाको फिल्म ‘मालिका’ छायाँकनका लागि फिल्म युनिट यतिबेला जाजरकोट पुगेको छ । केही दिनदेखि जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाँकन भैरहेको थापाले जानकारी गराइन । “दुई दिनमा नै गीतको छायाँकन सकिन्छ “, रेखाले भनिन्, एकदिन पनि सुटिङ रोक्नु परेको छैन् ।’ काठमाण्डौबाट छायाँकन सुरु गरेर रेखा कोहलपुर हुँदै जाजरकोटसम्म पुगेकी हुन् । अबको दश दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिने रेखाको भनाई छ ।

‘चालिस दिनको तालिका बनाएका थियौं । दश दिन अगाडी नै सकिने भयो । जाजरकोटको दरबारमा छायाँकन गरिएको गीतको बारेमा रेखा भन्छिन ‘जिल्लाको स्थानीय भेष–भुषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर र्दुइ सय ६८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा ‘मालिका’ को गीत छायांकण गरिएको हो ।’

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी कोरस मात्रै रहेको रेखाले बताइन । सुरेश अधिकारीको संगीत रहेको लोक सैलिको गीतले दर्शकहरुको को मन जित्नेमा रेखा ढुक्क छिन् । ‘ दर्शकको रोजाइकै गीत रहेको ’, जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ ।‘मालिका’मा रेखा र जाजरकोटकी चौध वर्षिय कमला ओली मुख्य भूमिकामा प्रस्तुत हुने छिन । रेखाले ‘मालिका’लाई तिहार लक्ष्मीपूजाको अवसर पार्दै रिलिज गर्ने घोषणा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्