‘रणवीर’मा दोहोरो भूमिकामा प्रशान्त ताम्राकार



रंगखबर, काठमाडौँ- छायांकनरत चलचित्र रणवीर रिलिज पुर्व नै चर्चामा रहेको  छ । अहिले भने सो चलचित्रमा अभिनय गर्दै गरेका  ह्याण्डसम भिलेन  प्रसान्तका कारण चर्चामा रहेको छ। अहिले रणवीरमा अभिनेता प्रशान्त ताम्राकार दोहोरो भुमिकामा रहेको खबरले चलचित्र वृत तातेको छ। प्राप्त जानकारी अनुसार चलचित्रको एउटा पाटोमा  प्रशान्त नेगेटिभ भूमिकामा देखा पर्दैछन भने अर्को पात्रको भूमिकाको बारे खुलेको छैन।

हाल पोस्ट प्रोडक्सनमा रहेको चलचित्रलाई निर्देशक गोविन्दसिंह भण्डारीले निर्देशन गर्दैछन। निर्देशक भण्डारीले दिएको जानकारी अनुसार छायाङ्कन हुन बाँकी चलचित्रको दुई गीत बाहेक सम्पूर्ण छायाङ्कन सकिएको भनिएता पनि प्रशान्त ताम्राकारको केही सिन खिच्न बाँकी रहेको छ। गीतलाई विदेशमा छायांकन गर्ने तयारी रहेको समेत निर्देशक भण्डारीले बताए । एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्म ‘रणवीर’ उपत्यकासँगै सुदुरपस्चिममा समेत छायाङ्कन भएको हो । चलचित्रलाई दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्