अभिनयले भन्दा अनुहारले चलेका ४ चकलेटी हिरोहरु



रंगखबर, काठमाडौँ- पछिल्लो समय नेपाली चलचित्र वृतमा नँया अनुहारहरुको आगमन धेरैनै भई रहेको छ। त्यसमा पनि चकलेटी अनुहार लिएर आउने नायकहरु प्राय: धेरै नै छन। चकलेटी अनुहार कै कारण उनीहरुले अभिनय गरेको चलचित्रहरु दर्शकले रुचाई पनि रहेको छन, चाहे त्यसमा उनिहरुको अभिनय अब्बल नै किन नहोस । अनमोल केसी, पल शाह, आकाश श्रेष्ठ, प्रदिप खड्का, सलिनमान बनिया अहिलेका चलेका चकलेटी हिरोहरुमा पर्छन। हुनत राम्रो अनुहार मिलेको शरीर भएरै पनि दर्शकहरु उनीहरु भने पछि मरी हत्ते नै गर्ने गर्दछन। लूक्स राम्रो भए पनि यी अभिनेताहरुको अभिनयको आलोचना चलचित्र बजारमा भई नै रहन्छ। आज हामि तपाईहरुलाई त्यस्ता ४ चकलेटी अनुहारका बारे चर्चा गर्दैछौ जसका चलचित्र त हिट भए तर अभिनयको आलोचनाबाट बच्न सकेनन।

अनमोल केसी
लाखौ युवा दर्शकहरुका ढुकढुकी बनेका अनमोलले चलचित्र होस्टेल बाट सिने नगरीमा पाईला राखेका थिए। उनिद्वारा अभिनित प्राय: सबै चलचित्रहरुले बक्स अफिसमा राम्रै कमाई गरेको पनि छ। आफ्नो छुट्टै स्टारडम बनाई सकेका अनमोलको अभिनयको भने आलोचना भई नै रहन्छ। उनको स्टारडम उनको अभिनय कै कारण हो त ? भन्नेहरु पनि धेरै छन। अनमोलका चलचित्रहरु जति चल्छन त्यति नै उनले आलोचना पनि खेप्नु पर्ने हुन्छ। अनमोलले गरेका प्राय: चलचित्रहरु अभिनयले भन्दा पनि उनको चकलेटी अनुहारले गर्दा चल्ने गरेको पाईन्छ डेब्यु चलचित्र होस्टेल देखिनै अभिनयमा आलोचना खेपेका उनले अहिले सम्म पनि अभिनयमा सुधार नल्याएको भन्नेहरु नेपाली चलचित्र वृतमा धेरै पाउन सकिन्छ।

पल शाह
म्युजिक भिडियो हुदै चलचित्र नगरीमा पाईला टेकेका पलको पहिलो चलचित्र ‘नाई नभन्नु ल ४’ हो। चकलेटी अनुहार र मिलेको शरिरका कारण चर्चामा रहेका पलको अभिनयको भने आलोचना गर्नेको कमि देखिदैन। नाई नभन्नु ल ४ , जोनी जेन्टलम्यान, म यस्तो गीत गाउँछु, शत्रु गते सम्म अभिनय गर्दा जोनी जेन्टलम्यान बाहेक सबै चलचित्रहरुले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो। तर  ‘नाई नभन्नु ल ४’ देखि ‘सत्रु गते’ सम्म आईपुग्दा पनि पलको अभिनयमा खासै सुधार नआएको भन्दै उनको आलोचना गर्नेहरुको कमि छैन ।

सलिनमान  बनिया
पहिलो चलचित्रबाटै सफलताको स्वाद चाख्न सफल नायक हुन सलिनमान बनिया । झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’मा उनको अभिनय भन्दा अनुहारको चर्चा धेरै भयो। हुनपनि कोरियन लूक्स र मिलेको शरीरका कारण प्राय: युवतीहरुका ढुकढुकी बनेका उनको पहिलो चलचित्र त् हिट भयो तर उनको अभिनयको भने चलचित्र वृतमा राम्रै आलोचना भएको थियो। अहिले उनि आफ्नो दोश्रो चलचित्र ‘यात्रा’ द म्युजिकल भ्लग को छायांकनमा ब्यस्त छन।

प्रदिप खड्का
चलचित्र प्रेम-गीत बाट दर्शकहरुमा छुट्टै छाप छोडेका अभिनेता हुन् प्रदिप खड्का। इन्नोसेन्ट लूक्स र चकलेटी अनुहारका धनि उनको अभिनयको पनि अहिले चलचित्र बजारमा आलोचना हुन थालेको छ। प्राय: एकै किसिमको भूमिका गरेका कारण पनि उनले यस्तो आलोचन खेप्नु परेको हो। प्रदिपका अहिले सम्म ‘प्रेम गीत’, ‘प्रेम गीत२’ र लिलिबिली गरेर जम्मा ३ वटा चलचित्रहरु प्रदर्शनमा आईसकेका छन। तिनै वटा चलचित्रमा लभर ब्वाईको रुपमा देखा परेका उनको भूमिका एउटै भएर अहिले आलोचित बनेका छन। अहिले प्रदिप चलचित्र ‘रोजी’को छायांकनमा ब्यस्त छन।

प्रतिक्रिया दिनुहोस्