बोबी को गीतमा उमेश र कविताको रोमान्स



असार २९ गतेलाई प्रदर्शन मिति तोकिएको  उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्मित फिल्म ‘बोबी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । काठमान्डौमा एक कार्यक्रमको आयोजना गर्दै  फिल्म निर्माण समुहले उक्त गीत सार्वजनिक गरेको हो।

‘आँखाको नानी’ बोलको गीतमा रियल कपल उमेश र कवितालाई  फिचर गरिएको छ ,भने उनीहरु दुबै जनालाई बोबी फिल्ममा मुख्य भूमिकामा देख्न सकिन्छ।

राजेश पायल राई र दीपा लामाको स्वर रहेको उक्त गीतमा बसन्त  सापकोटाको शब्द तथा संगीत रहेको छ  । नर्वेमा छयांकन गरिएको उक्त गीतमा नर्बेको डाँडा-पाखाको मनमोहक दृश्यलाई देखाईएको छ  ।
https://www.youtube.com/watch?v=y3ZCFA7PniE
मिलन चाम्सको  निर्देशन रहेको फिल्मको उक्त ‘आँखाको नानी’ बोलको गीतमा  कविराज गहतराजको कोरियोग्राफी रहेको  छ। ।   ‘बोबी’ को पहिलो प्रिमियर नर्वेको सुन्दर नगरी ओस्लोको भीका भिक्टोरिया हलमा सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्