सन्ध्या केसीको चोली तुना छोटो भएकै हो त् ? -भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- चलचित्र ‘पण्डित बाजेको लौरी’को ‘चोली तुना’ बोलको गीत सार्वजनिक भएको छ । काठमान्डौमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले सो प्रचार सामाग्री छोडेको हो।  गीतमा चलचित्रका मुख्य कलाकारहरु प्रविन खतिवडा, बिजय बराल,मरिष्का पोख्रेल तथा  सन्ध्या केसी लगायत अन्य कलाकारहरुले जमेर नाचेका छन्। गायिका मीना निरौला तथा श्रीकृष्ण बम मल्लको आवाज रहेको उक्त गीतमा शब्द कृष्ण केसी र को श्रीकृष्ण बम मल्लको रहेको छ। साथै गीतमा बिक्रम स्वारले कोरियोग्राफ गरेका छन्। त्यस्तै यो गीतलाई मित्र गुरुङले सम्पादन गरेका छन्।

यहि साउन ४ गतेबाट देशभर प्रदर्शन हुन लागेको चलचित्रमा दिपक ओलीको निर्देशन, थमन कुमार भण्डारीको लगानी, महेश दवाडीको कथा पटकथा र संवाद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्