फ्राईडे रिलिजमा एकसाथ ३ वटा चलचित्र, कसले मर्ला बाजी ?



रंगखबर, काठमाडौँ- आज शुक्रबारबाट देशभरका हलबाट  ३ वटा चलचित्रहरु एकैसाथ प्रदर्शन भएका छन। ‘हरी’ ‘बेबी आई लभ यु’ र ‘अमेरिका ब्वाईज’ आजबाट एकसाथ प्रदर्शन भएका चलचित्रहरु हुन ।

प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको हरीमा विपिन कार्कीको मुख्य भूमिका रहेको छ। विपिनको अभिनयले पनि दर्शक तान्ने अनुमान लगाउन सकिन्छ। सफल केसी र प्रतिक गुरुङको लेखन/निर्देशन रहेको चलचित्रमा विपिन कार्की, सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्याम्हो, लक्ष्मी वर्देवा, लोकनाथ आचार्य, प्रकाश गंदर्भ, राम भजन कमत र सुनिता बजगाईंको अभिनय छ ।

गीत र ट्रेलरबाट राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘बेबी आई लभ यु’ एक रियल स्टोरीमा बनेको हो। जनक पाण्डेको पटकथा/संवाद र निर्देशन रहेको चलचित्रमा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ ।

प्रवेश पौडेलले निर्देशन गरेको चलचित्र ‘अमेरिका ब्वाईज’ले वैदेशिक रोजगारको विषयलाई कमेडीमा प्रस्तुत  गर्न खोजेको छ। ट्रेलरबाट दर्शकको राम्रो प्रतिक्रिया पाएको चलचित्रको ब्यापार पनि राम्रै गर्ने अनुमान गर्न सकिन्छ। प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलले निर्माण चलचित्रमा  सुनिल थापा, अर्पण थापा, अभय बराल, आशिष प्रशाई, सन्दीप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरसिया, सृष्टि कार्की, सरद गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवाष गजुरेल, उमा बानिया, राजु खरेल, मनिष राउत, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्